स्व.भक्तराज आचार्यको उपचारमा भएको खर्चबारे सरकारले सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

सरकारको तर्फबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त

स्व.भक्तराज आचार्यको उपचारमा भएको खर्चबारे सरकारले सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्व. भक्तराज आचार्यको उपचारमा भएको खर्चबारे सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

सोमबार निधन हुनुभएका आचार्यको पार्थिव शरीर मंगलवार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका प्रधानमन्त्री दाहालले सो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले वरिष्ठ गीतकार, संगीतकार भक्तराज आचार्यको निधनले देशलाई अपूरणाीय क्षति पुगेको बताउनुभयो । उहाँले स्व. आचार्यले गीत, संगीतको क्षेत्रमा पु¥याउनुभएको योगदान अजर अमर रहने बताउनुभयो । उहाँले उहाँका सिर्जनाहरु कालजयी रहने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सरकारको तर्फबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

खबरपाटी
खबरपाटी