चैत्र ३ देखी कर्णालीमा पहिलोपटक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

कर्णाली प्रदेशमा चलचित्र क्षेत्रको विकास र सम्भावनामा केन्द्रित हुने

चैत्र ३ देखी कर्णालीमा पहिलोपटक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

चैत्र ३ देखी कर्णालीमा पहिलोपटक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदैछ । ‘घुमौं कर्णाली, हेरौं कर्णाली’ मुख्य थिममा रहेको छ । अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९किफ० –२०८० सञ्चालनमा कर्णाली प्रदेशमा चलचित्र क्षेत्रको विकास र सम्भावनामा केन्द्रित हुने व्यवस्थापन पक्षले जनाएको छ । फरक–फरक मितिमा वीरेन्द्रनगर र काठमाडौंमा सञ्चालन हुने भएको हो ।

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौंमा यही फागुन १८ र १९ गते नेपाल पर्यटन बोर्डको सभाहलमा तथा वीरेन्द्रनगरमा चैत्र ३ गते हुँदैछ । महोत्सवको आयोजक चलचित्र विकास बोर्ड, कर्णाली प्रदेश सरकार, सह–आयोजक गुराँस गाउँपालिका दैलेख रहेका छन् भने प्रर्वद्धक नेपाल पर्यटन बोर्ड र व्यवस्थापक रेडचरी मिडिया प्रालि रहेका छन् ।

महोत्सवका निर्देशक चक्रबहादुर चन्दले कर्णाली प्रदेशलाई चलचित्र पर्यटन एवं चलचित्र छायांकनको हब बनाउन सम्भावित स्थलहरुको खोज तथा अनुसन्धान गरी स्वदेश तथा विदेशसम्म पहुँच पु¥याउने उद्देश्य रहेको बताए । “मुख्यतः यो महोत्सवले कर्णालीमा चलचित्र छायांकनको सम्भावनाको ढोका खुल्नेछ,” सुर्खेतमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, “कर्णालीको भाषा, साहित्य, संस्कृति, भेषभुषा, रीतिरिवाज, जीवनशैलीलाई प्रर्वद्धन गर्ने, चलचित्रका माध्यमबाट सामाजिक, आर्थिक र शैक्षिक तथा चेतनावृद्धिको काम गर्ने विश्वास लिएका छौं ।”

महोत्सव व्यवस्थापन टिमका सदस्य निर्मल पौडेलले कर्णाली प्रदेशमा छायांकन भएका चलचित्रलाई प्रवद्र्धन गर्नुका साथै स्थानीय चलचित्रकर्मीलाई सम्मान गर्ने, कर्णालीमा चलचित्रको विकास र प्रर्वद्धनका लागि प्रदेश सरकार, स्थानीय तहलाई जवाफदेही बनाउन प्रयास गर्ने जानकारी दिए । उनले पहिलोपटक आयोजना हुन लागेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई सफल र परिणाममुखी बनाउन सञ्चारमाध्यमको ठूलो सहयोग रहेको औंल्याए ।

पत्रकार सम्मेलनमा साहित्यकार डा महेन्द्रकुमार मल्लले महोत्सव चलचित्रपे्रमीहरुका लागि स्मरणीय कार्यक्रम हुने विश्वास व्यक्त गरे । “महोत्सव कर्णालीको चलचित्र विकासको कोशेढुंगा साबित हुनेछ,” डा मल्लले भने, “कर्णालीका अनगिन्ती कथा, जीवनशैली, भेषभुषा, संस्कृतिहरु चलचित्र निर्माणका स्रोत हुन, यसले कर्णालीका मूर्त–अमूर्त सम्पदाको प्रवद्र्धन गर्न मद्दत पु¥याउनेछ ।” पत्रकार सम्मेलनमा महोत्सव व्यवस्थापन टिमका धिरेन चन्द ठकुरी, सदस्य हिक्मत चन्द, गोपाल बिसी, सिर्जु शाही लगायतको सहभागिता थियो । कार्यक्रममा सहभागी पत्रकारहरुले महोत्सव कर्णालीको चलचित्र विकास र प्रर्वद्धनका हिसाबले महत्वपूर्ण भएकाले आफूहरुको सहयोग रहने प्रतिवद्धता जनाए ।

खबरपाटी
खबरपाटी