प्लाष्टिकजन्य फूलको प्रयोग भएको जानकारी आएपछि महानगरको निगरानी बढ्यो

४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक प्रयोगमा निषेध

प्लाष्टिकजन्य फूलको प्रयोग भएको जानकारी आएपछि महानगरको  निगरानी बढ्यो

काठमाडौँ। ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक प्रयोगमा निषेध गरेको काठमाडौं महानगरपालिकाले त्यसको अनुगमन गर्न थालेको छ। सजावटका लागि लुकिछिपी प्लाष्टिकजन्य फूलको प्रयोग भएको जानकारी आएपछि महानगरपालिकाले त्यसको निगरानी बढाएको हो।

महानगर प्रहरीले होटल, प्यालेस र सम्बन्धित क्षेत्रहरुमा निगरानी बढाएको छ। महानगरपालिकाले २०८० साउन १ गतेबाट ४० माइक्रोनभन्दा कम मोटाइका पोलिथिन झोला, नक्कली फूल र सवावटका बस्तु तथा सामग्री ल्याउन, भण्डारण गर्न र विक्री गर्न प्रतिबन्ध लगाएको थियो। त्यसयता यस्तो हानीकारक प्लाष्टिकको प्रयोग घटेको छ।

सामान्यतयाः ४० माइक्रोनभन्दा पातला झोला पुनः प्रयोग हुँदैनन्। यसलाई कि जलाइन्छ, कि वातावरणमा फालिन्छ या फोहोर पोको बनाएर बाहिर निकालिन्छ। यसरी जुनसुकै कारणबाट बाहिर निस्किए पनि यसले हानी नै गर्छ।

खबरपाटी
खबरपाटी