आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं,आईसीसी विश्वकप क्रिकेट लिग २ को तेस्रो खेलमा नामिबियाविरुद्ध बलिङ गरिरहेको नेपाललाई तेस्रो सफलता मिलेको छ । १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले १२ ओभरमा आफ्नो ३ विकेट गुमाएको हो ।
तेस्रो विकेटको रुपमा नामिबियाका मिचेल भान ३१ रनमा आउट भए । कुशल मल्लको बलमा अगाडी बढेर सट हान्न खोजेका मिचेललाई विकेटकिपर आसिफ सेखले आउट गराए ।
यसअघि कीर्तिपूर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो । नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।