विश्वकप क्रिकेट लिग–२ मा नामिबियासँगको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै

नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित हुँदा एउटा खेल नतिजाविहीन

विश्वकप क्रिकेट लिग–२ मा नामिबियासँगको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै

काठमाण्डौ, आईसीसी विश्व कप क्रिकेट लिग–२ को तेस्रो खेलमा आज नामिबियासँग खेल्न लागेको नेपालले टस हारेको छ ।  
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर नामिबियाले पहिला फिल्डिङ रोजेको छ । अहिले सवा ९ बजेदेखि शुरु हुने खेलमा नेपालले पहिला ब्याटिङ गर्दैछ ।
नेपालले टोलीमा आज करण केसीलाई समेटेको छ । गुलशन झाको ठाउँमा केसी समेटिएका हुन् । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो ।
नामिबिया र नेदरल्यान्ड्सबीच अस्ति सोमवार भएको खेलमा नेदरल्यान्ड्स विजयी भएको थियो । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र नामिबियाबीच अहिलेसम्म  ७ वटा खेल भएका छन् । नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित हुँदा एउटा खेल नतिजाविहीन भएको छ ।

खबरपाटी
खबरपाटी

लोकप्रिय