सुनका गहना विदेश पठाउँने भन्दै ७ करोड बढी ठगेको आरोपमा चार जना पक्राउ

सुनका गहना विदेश पठाउँने भन्दै ७ करोड बढी ठगेको आरोपमा चार जना पक्राउ

काठमाडौँ- व्यवसायीसहित विभिन्न व्यक्तिलाई ठगि गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । ७ करोड ७७ लाख ५९ हजार रुपैयाँ ठगेको आरोपमा चार जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए। 

पक्राउ पर्नेमा काभ्रे घर भई पोखरा बस्ने ३३ वर्षीय कुमार थापा, स्याङ्जा घर भई कास्की बस्ने ४२ वर्षीय मिना दमै, सिन्धुली घर भई काठमाडौं बस्ने ४३ वर्षीय रविनकुमार थापा र सप्तरी घर भई काठमाडौं बस्ने ३९ वर्षीय दिलीपकुमार लाभ छन्।

 


 

उनीहरूले ठगी गर्न विभिन्न बहाना बनाएर मानिसहरूको विश्वास जित्ने गरेको पाइएको छ । सुनका गहना विदेशमा निर्यात गरिदिन्छौं भन्दै सुन व्यवसायीहरूसँग करोडौं रकम ठगी गरेको आरोप छ । 

जिल्ला प्रहरी कार्यालय कास्‍कीले अनुरोध गरेपछि कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो। थापालाई प्रहरीले भक्तपुर कमलविनायकबाट पक्राउ गरेको थियो। त्यसपछि अन्य तीन जनालाई पनि पक्राउ गरेको हो ।

नीहरूले पोखराका सुनचाँदी पसलमा पहिलो पटक १० लाख, दोस्रो पटक २० लाख, तेस्रो पटक ५० लाखका गहना खरिद गरेका थिए। त्यसरी विश्वास जितेपछि उनीहरूले १ करोड ८० लाखका गहना बाहिर निर्यात गर्ने भनेर लिएको एसपी रेग्मीले बताए ।

 उनीहरूले व्यवसायीलाई चेक दिएका थिए । तर व्यवसायीले रकम भने पाएनन्।  त्यस्तै दिलिपकुमार लाभले भक्तपुर सुडालमा रहेको १२ आना जग्गा दिलाइदिने भन्दै परिवार अटो मोबाइलका संचालकबाट ३ वटा निसान किक्स गाडी र २६ लाख रकम लिएर सम्पर्कबिहीन भएको आरोप छ। उनले चितवनमा पनि जग्गा दिलाइदिने भन्दै बैना गरी एक करोड ३६ लाख ठगी गरेको पनि आरोप छ। 

मिनाविरूद्ध कास्कीमा मात्रै ७ वटा ठगीका मुद्दा दर्ता छन्। चितवनमा पनि दुई वटा मुद्दा दर्ता भई फरार छन्। 

कुमार थापाविरूद्ध कास्कीमा दुई करोडको बैंकिङ कसुरमा मुद्दा दर्ता भएको हो। रविनकुमार थापाविरूद्ध चितवनमा चार वटा र काठमाडौंमा ३ वटा मुद्दा दर्ता छन् ।

खबरपाटी
खबरपाटी