आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । क्यानडाविरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले २ सय ८६ रनको लक्ष्य पाएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाएको हो ।
जितका लागि नेपालले ५० ओभरमा २ सय ८६ रन बनाउनुपर्ने छ ।
क्यानडाविरुद्धको खेलमा नेपाल अण्डर १९ का कप्तान देव खनाल र अनिल शाह पनि छन् । कुशल भुर्तेल, आरिफ शेख र ललित राजवंशी भने मैदानबाहिर छन् । पहिलो खेल ७ रनले जितेको नेपाल तीन खेलको श्रृङ्खलामा अगाडि छ ।