टीकापुर नगर विकास समितिको जग्गा हिनामिना अभियोगमा दुई सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

टीकापुर नगर विकास समितिको जग्गा हिनामिना अभियोगमा २ सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

टीकापुर नगर विकास समितिको जग्गा हिनामिना अभियोगमा दुई सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली टीकापुरको टीकापुर नगर विकास समितिको जग्गा हिनामिना अभियोगमा दुई सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज उनीहरूविरुद्ध विशेष अदालत काठमाण्डाैमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीलगायतका पदाधिकारीको मिलेमतोमा नक्कली रसिद बनाई समितिका अध्यक्ष, पदाधिकारी एवम् कर्मचारीको संलग्नतामा नगर विकास समितिका प्लट/घडेरी आफन्तलगायतको नाममा समितिमा कम रकम बुझाई हक हस्तान्तरण गरेको भन्ने उजुरी निवेदनका आधारमा अख्तियारले छानबिन थालेको थियो । टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा सङ्घ/संस्थाहरूलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन २०४५ तथा नगर विकास निर्देशिका २०६१ अनुसार हुनुपर्नेमा त्यसो नभएको अख्तियारले जनाएको छ । तत्कालीन प्रथम तहमा जग्गा व्यक्तिहरूसँग मिलेमतो गरी व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा साविकको टीकापुर विकास समितिको नामका नक्कली कागजातहरू खडा गरी समितिको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गरेको देखिएको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ ।

खबरपाटी
खबरपाटी