उद्योगी चौधरीसहित ३ जनालाई म्याद थपका लागि अदालत लगियो

उद्योगी चौधरीसहित ३ जनालाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं । बाँसबारीस्थित छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित तीन जनालाई अदालत लगिएको छ ।

जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चौधरी, बाँसबारी छाला जुत्ताका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र च्याम्पियन फुटवेयर प्रालि तथा सिजी चाँदबागका सञ्चालक सन्जय ठाकुरविरुद्ध थप अनुसन्धानका लागि दोस्रो पटक म्याद थपका लागि सोमबार(आज) अदालत लगिएको हो ।

खबरपाटी
खबरपाटी