जनकपुरमा मिटरब्याजविरुद्ध किसान–मजदुरको प्रदर्शन

जनकपुरमा मिटरब्याजविरुद्ध किसान–मजदुरको प्रदर्शन

मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति नेपालले आइतबार जनकपुरधाममा प्रदर्शन गरेको छ ।

आर्थिक तथा समाजिक अपराधको रूपमा स्थापित मिटर ब्याज तथा ठगीविरुद्ध पछिल्लो ३९ महिनादेखि आफूहरूले आन्दोलन गर्दै आए पनि सरकारले माग पूरा नगरेको भन्दै समितिले जनकपुरधामा विरोध प्रदर्शन गरेका हो ।

स्थानीय तिरहुतिया गाछीबाट निकालिएको विरोध जुलुस राम चोक, जनक चोक, शिव चोक, भानु चोक, मिल्स एरियाहुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नजिक पुगेर कोणसभामा परिणता भएको थियो । समितिले आफ्नो माग पूरा नभएको खण्डमा सशक्त आन्दोलन गर्ने चेतावनी सहितका मधेश प्रदेश सरकारलाई ज्ञापनपत्र समेत बुझाएको समितिका अनुवा राजाराम यादवले बताए ।  

 

खबरपाटी
खबरपाटी