फेक आइडी बनाएर ठगी गर्न खोज्ने तीन जना पक्राउ

फेक आइडी बनाएर ठगी गर्न खोज्ने तीन जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा फेक आइडी बनाएर ठगी गर्न खोज्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

फेसबुकमा केटीको नामको फेक आइडी बनाएर पुरुष व्यक्तिहरुलाई साथी बनाउने र ठगी गर्न खोज्ने तीन जना पक्राउ परेका हुन्। 

पक्राउ पर्नेहरुमा पोखरा–२९ का २२ वर्षीय अनुराग घिमिरे, चितवनको रत्ननगर–१३ का २० वर्षीय प्रवेश रिमाल र सिरहाको लहान नगरपालिका–१ का २१ वर्षीय युनिक सिंह रहेका छन्।

पक्राउ परेका उनीहरुले फेसबुकमा केटीको नामको आइडी बनाएर पुरुषलाई साथी बनाउने  र भिडियो कल गरी अश्लिल भिडियोहरु देखाएर स्क्रिन रेकर्ड गरी रकम नदिए भिडियो पोस्ट गरिदिन्छु भनी ब्ल्याकमेल गर्दै धम्की दिने  गरेको भन्ने उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। 

पक्राउ परेका उनीहरुलाई कास्कीमा ल्याएर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी कसुर र विद्युतिय अपराध सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

खबरपाटी
खबरपाटी