लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएपनि तत्काल जेल जानु नपर्ने

लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएपनि तत्काल जेल जानु नपर्ने

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । काठमाडौँ जिल्ला अदालतले उनलाई शुक्रबार दोषी ठहर गरेको हो । 

अदालतले पीडित गौशाला २६ (परिवर्तित नाम) लाई लामिछानेले नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी गरेको ठहर गरेको छ । 

‘१८ वर्ष उमेर पुगेकी परिवर्तित नाम गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाइ करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१),(२) र ३(ङ) बमोजिमको कसुर ठहर्छ ।’ तर, पीडित नाबालिग नभएको पुष्टि भएकाले सोही संहितको २१९ (३) (घ) बमोजिमको कसुर भनेर हुन नसक्ने अदालतले ठहर गरेको छ । 

अदालतले सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोक्न आदेश दिएको छ ।

बलात्कारको कसुरमा दोषी ठहर भए पनि क्रिकेटर लामिछानेले तत्कालै जेल जानु नपर्ने भएको छ । उनले थुनाबाहिरै रहेर पुनरावेदन गर्न पाउने भएका छन् । 

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ को सुविधा उपयोग गर्दै उनले बाहिरै बसेर मुद्दा लड्न पाउने भएका हुन् ।

खबरपाटी
खबरपाटी