काठमाडौँ । एक्सन ऐड नेपाल र एक्सन ऐड इन्डियाको संयुक्त आयोजनामा राजधानी काठमाडौँमा आज(सोमबार) देखि एशिया प्यासिफिक पिपुल्स् पावर कन्भेन्सन सुरु भएको छ । एक्सन ऐड अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो । यसले विगत ४० वर्षदेखि नेपालसहित संसारका विभिन्न मुलुकमा जातिय विविधताविरुद्ध आवाज उठाउँदै आइरहेको छ ।
एशिया प्यासिफिक पिपुल्स् पावर कन्भेन्सनमा पनि समाजिक न्याय, जातिय विभेदप्रति हासिल गरिएका उपलब्धी, यसका विधमान समस्याहरुदेखि जलवायु परिवर्तनका कारण निम्तिएको समस्याको बारेमा रहेको थियो । कार्यक्रममा नेपाल, भारत, डेनमार्क,थाइल्याण्ड, म्यानमार, इन्डोन्एशिया, फिलिपिन्स लगायतका देशमा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको पहिलो सत्रमा नेपालको मुक्त कमलरि कृष्णी देवी थारुले कमलरी प्रथाबाट भोगेको समस्याको बारेमा जानकारी गराईन् । नेपालको विधमान हलिया प्रथा र कमलरी प्रथामा एक्सन ऐड नेपालको भुमिकाको बारेमा चर्चा गरिएको थियो । नेपालको निरंकुश पञ्चायती व्यवस्थाबाट जन्मीएको ३२५०९ कमैयाको अवस्थाको बारेमा चर्चा गरिएको थियो ।
नेपालमा मान्छे भएर मान्छे जस्तो भएर बाच्न नपाउँनुको पिडा एक दलितले मात्र भोग्ने दृश्टान्त सुनाउँदै पुर्वका दलितले सिनो सोर्न पर्ने बाध्यतादेखि पश्चिममा कमलरि प्रथाको पिडाहरुको बारेमा सुनाएकी थिइन् ।
प्रकृतिक रिसोर्स सेन्टरका निर्देशक प्रविम मान सिहं भन्छन्, नेपालमा जलवायु परिर्वतन सम्बन्धी ९ वटा कानुन बनेकोमा २ वटा मात्र आंशिक रुपमा कार्यवन्वयन हुन्छन । त्यसकारण पनि हामीले विश्व मञ्चहरुमा प्राकृतिक न्याय भन्दा पनि उचित निति तथा योजनाहरु बनाएर विश्वसामु पस्किनुमा नेपालको भलाई हुने बताउँछन् ।
एशिया प्यासिफिक पिपुल्स् पावर कन्भेन्सन सोमबारबाट सुरु भएर अझै ३ दिनसम्म चल्ने छ । कार्यक्रको अन्त्यमा सामाजिक अभियान विषयमा भारत, नेपाल, म्यानमार, थाइल्याण्ड इन्डोनएशीया र डेनमार्कका प्यानलिस्टले विश्वको सामाजिक अभियानका बारेमा छलफल गरेका थिए ।