१६ ओभरको समाप्तिमा सिंगापुरले गुमायो छैठाैं विकेट

१६ ओभरको समाप्तिमा सिंगापुरले गुमायो छैठाैं विकेट

काठमाडौं । टी-२० विश्वकप क्वालिफायरको पहिलो म्याचमा नेपाल र सिंगापुरबीच बल र ब्याटको सघंर्ष जारी छ । १६ ओभरको समाप्तिमा सिंगापुरले ६ विकेट गुमाएर १२० रन जोडेको छ ।


नेपालका लागि छैठौं विकेट सोमपाल कामीले लिए । यद्यपि, यो विकेटमा कप्तान रोहित पौडेलको बढी योगदान थियो । सोमपालको बलमा मनप्रित सिंहले ठूलो सट प्रहार गरेका थिए ।

तर, लङ अन बाउन्ड्रीमा रोहितले शानदार क्याच लिए । मनप्रित र आर्यविर चौधरीको पार्टनरसीपले नेपाललाई तर्साइरहेको थियो । मनप्रितको विकेटसँगै नेपालले राहतको सास फेरेको छ ।

खबरपाटी
खबरपाटी

लोकप्रिय