आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
नेपालमा जारी त्रिदेशीय टी-२० आई क्रिकेटअन्तर्गत बुधबार भएको खेलमा हङकङले यूएईलाई ६९ रनले पराजित गरेको छ । बुधबारको खेलमा पराजित भए पनि रनरेटका आधारमा हङकङलाई पछि पार्दै यूएई फाइनलमा पुगेको हो ।
अब यूएईले नेपालसँग फाइनल खेल्ने भएको छ । यूएई र हङकङले खेलेका चार खेलमध्ये एक/एक खेलमा जित निकालेका छन् भने तीन/तीन खेलमा पराजय ब्यहोरेका छन् । जसका कारण यी दुई टोलीको समान २/२ अंक छ । तर, रनरेटका आधारमा पछि परेकाले हङकङले बुधबारको खेलमा जित निकालेर पनि फाइनलको यात्रा तय गर्न सकेन ।
नेपाल भने चारै खेलमा अविजित रहँदै आठ अंकका साथ फाइनलमा पुगिसकेको छ । नेपाल र यूएईबीचको फाइनल खेल शुक्रबार हुनेछ ।