सरकारले प्राप्त गर्‍यो इजरायलमा ज्यान गुमाएका पाँच विद्यार्थीको शव

सरकारले प्राप्त गर्‍यो इजरायलमा ज्यान गुमाएका पाँच विद्यार्थीको शव

इजरायलमा प्यालेस्टाइनी इस्लामिस्ट समूह हमासको आक्रमणमा परी १० जना विद्यार्थीमध्ये पाँच जनाको शव नेपाल सरकारले प्राप्त गरेको छ। 

आइतबार तेल अभिभस्थित नेपाली राजदूतावासले पाँच जना विद्यार्थीको शव प्राप्त गरेको जानकारी दिएको छ। 

सिडट निजेभ एग्रिकल्चर सेन्टर अन्तर्गत किब्बुज अल्मुनिममा प्रशिक्षणरत विद्यार्थीहरूमाथि आक्रमण हुँदा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। 

त्यसमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव दूतावासले प्राप्त गरेको हो। 

अन्य पाँच जनाको पनि शव प्राप्त हुने क्रममा रहेको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ। शवलाई नेपाल फर्काउन पनि इजरायली सरकारसँग समन्वय भइरहेको जनाएको छ। हमासको आक्रमणमा परी घाइते भएका चार जनामध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। एक जना नेपाल फर्किएको र एक जना दूतावासकै हेरचाहमा छन्। दूतावासका अनुसार दुई जना उपचाररत छन्। 

खबरपाटी
खबरपाटी