नयाँ नेतृत्व चयन गर्न क्यानको निर्वाचन आज

नयाँ नेतृत्व चयन गर्न क्यानको निर्वाचन आज

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि आज शनिबार निर्वाचन हुँदैछ । 

शुक्रबार साधरण सभा तथा बन्द सत्र सकिएको थियो । निर्वाचन समितीका अनुसार १२ बजे पछि मतदान प्रक्रिया सुरु हुनेछ ।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुनेछ । 

चतुरको प्यानलमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिव पदमा लड्नेछन् । पारसकोविरुद्धमा सचिवमा क्यानका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लको चर्चा रहेको छ । क्यानको चुनावमा कुल ८५ रहेपनि प्रतिनिधि विवादको कारण झापा जिल्लाको मताधिकार भने काटिएको छ । अब कुल मतसंख्या ८४ रहेको छ । 

कुनै पनि पदमा चुनाव जित्न न्युनतम ४३ मत आवश्यक पर्दछ ।

 

खबरपाटी
खबरपाटी

लोकप्रिय