शरणार्थी प्रकरण नसेलाउँदै देउवादाम्पति जुटे पुत्रको विवाहमा, को हुन् आरजु देउवाकी बुहारी ?
५ जेठ २०८०, शुक्रवार
काठमाडौँ । भियतनामको डा नाङमा भइरहेको १९ औं आईसीटीओ तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी श्रीकृष्ण खड्काले रजत पदक जितेका छन् । उनले शनिबार ८० केजी तौल समूहको फाइनलमा आयोजक देश भियतनामका खेलाडीसँग पराजित भएर रजतमा सीमित भए ।
उनी सेमिफाइनलमा भियतनामकै खेलाडीलाई हराएर फाइनल पुगेका थिए । १२ देशका खेलाडीले भाग लिएका थिए । टिम प्रशिक्षकमा तिलक लामा रहेका छन् ।
अर्का दुई खेलाडी सुदीप नेपाली र निश्चल धामीले पनि रजत पदक जितेका थिए । सेप्टेम्बर १७ सम्म चल्ने च्याम्पियनसिपमा नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री अशोक खड्काले निर्णायकको भूमिका खेलेका थिए ।