प्रधानमन्त्रीले खेलाडीलाई भने–सरकारले घोषणा गरेको पुरस्कार पाइँदैन कि भन्ने चिन्ता नलिनुस्

प्रधानमन्त्रीले खेलाडीलाई भने–सरकारले घोषणा गरेको पुरस्कार पाइँदैन कि भन्ने चिन्ता नलिनुस्

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट निकासा हुने बताएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९ औं एशियाली खेलकुदका लागि भाग चीन जाने नेपाली खेलाडीहरुलाई बिदाइ गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । 
उनले खेलाडीलाई घोषणा गरिएको पुरस्कार खेलाडीहरुले आजसम्म पनि नपाएको भन्ने आफूलाई जानकारी रहेको भन्दै केही प्राविधिक कारण र नीतिगत कारणले दिन नसकिएको स्पष्ट पारे । उनले अहिले नियमावली बनेर अर्थमन्त्रालयबाट खेलकुद मन्त्रालयमा पुगेको र शुक्रवार बस्ने मन्त्रीपरिषद् बैठकबाट पैसा निकासा हुने बताए । 
उनले सरकारले र प्रधानमन्त्रीले घोषणा गरिसकेको पुरस्कार पाइँदैन कि भन्ने चिन्ता नलिन खेलाडीहरुसँग आग्रह गरे । 
प्रधानमन्त्री पुष्पकमल दाहालले एसियाड गेमका लागि नेपाली खेलाडीलाई चीनमा राम्रो व्यवस्थापन भइसकेकाले चिन्ता नलिन पनि आग्रह गरे ।
 

खबरपाटी
खबरपाटी