भारतले दियो पाकिस्तानलाई ३५७ रनको लक्ष्य

भारतले दियो पाकिस्तानलाई ३५७ रनको लक्ष्य

काठमाडौं । केएल राहुल र विराट कोहलीको शतकमा भारतले जितका लागि पाकिस्तान सामू ३ सय ५७ रनको लक्ष्य दिएको छ । 

एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत आफ्नो पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायो । 

आईतबार भारतले २४ दशमलब १ ओभरमा १ सय ४७ रन बनाउँदा निरन्तरको वर्षाका कारण खेल स्थगित भएको थियो । 

आईतबार स्थगित खेल आज भएको थियो । 

भारतका लागि केएल र विराट कोहलीले अविजित शतकीय ईनिङ खेले । तेस्रो विकेटका लागि राहुल र विराटले १ सय ९४ बलमा अविजित २ सय ३३ रनको साझेदारी गरेका थिए ।

कोहलीले यसै खेलमा आफ्नो १३ हजार रन समेत पूरा गरेका थिए ।

राहुलले १ सय ६ बलमा १२ चौका र २ छक्काको सहयोगमा अविजित १ सय ११ रनको ईनिङ खेले ।

कोहलीले ९४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा अविजित १ सय २२ रनको ईनिङ खेले ।

शुभमन गिल, रोहित शर्माले अर्धशतक बनाएका थिए । पहिलो विकेटका लागि रोहित र गिलले १ सय बलमा १ सय २१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । 

गिलले ५२ बलमा १० चौकाको सहयोगमा ५८ रन बनाए । कप्तान शर्माले ४९ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ५६ रन बनाए । 

पाकिस्तानका लागि सादाब खान र शाहिन शाह अफ्रिदीले समान १र१ विकेट लिए । 

पाकिस्तानलाई हराउदै भारत सुपर फोरको सानदार सुरुआत गर्न चाहन्छ । 

उता, पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराइसकेको छ ।  

लगातार दोस्रो जित सहित पाकिस्तान फाइनल सम्भावना बलियो बनाउन चाहन्छ । 

सुपर फोरमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारत रहेका छन् ।

चार टिमबीच एकआपस खेल भएर शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । 

खबरपाटी
खबरपाटी