वर्षाका कारण रोकिएको भारत र पाकिस्तानबीचको खेल आज हुँदै

वर्षाका कारण रोकिएको भारत र पाकिस्तानबीचको खेल आज हुँदै

काठमाडौं । आईतबार वर्षाका कारण रोकिएको भारत र पाकिस्तानबीचको खेल आज सोमबार हुदैछ । 

भारतले २४ दशमलब १ ओभरमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । 

भारी वर्षाका कारण खेल सुरु हुन सकेको थिएन । 

आईतबारको खेलका लागि आज रिजर्व डे को व्यवस्था गरिएका कारण सोमबार खेल हुन लागेको हो । 

आईतबार रोकिएको २४ दशमलब १ ओभरमा २ विकेट गुमाएर १ सय ४७ रनबाट नै भारतले आफ्नो ब्याटिङ सुरु गर्ने छ।

खेलमा विराट कोहली ८ रन र केएल राहुल १७ रनमा क्रिजमा रहेका छन् ।

कप्तान रोहित शर्माले ५६ र शुभमन गिलले ५८ रन बनाएर आउट भएका थिए । 

खबरपाटी
खबरपाटी

लोकप्रिय