भारतविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै, टोलीमा एक परिवर्तन

भारतविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै, टोलीमा एक परिवर्तन

काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । 

श्रीलंकाको पल्लेकेले रंगशालामा भारतले टस जितेर बलिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ गर्दैछ ।

समूह चरणको दोस्रो र अन्तिम खेलमा उत्रदै गर्दा दुवै टिमको नजर सुपर फोरमा हुनेछ ।

नेपालले विश्व क्रिकेटको ठुलो टिम भारतसँग पहिलो पटक भिड्न लागेको हो । 

दुवै टिम सोमबारको खेलमा जित निकाल्दै सुपर फोरमा पुग्ने लक्ष्यमा हुनेछन् ।

यस समूहबाट तीन अंक सहित पाकिस्तान सुपर फोरमा प्रवेश गरिसकेको छ । 

वर्षाले पाकिस्तानसँगको खेल प्रभावित बनेपछि भारतसँग १ अंक छ । 

पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाल अंक विहिन छ ।

भारतीय टिम रोहित शर्माको कप्तानीमा मैदान उत्रनेछ भने नेपाली टिमको नेतृत्व रोहित पौडेलले गर्नेछन् ।

 

खबरपाटी
खबरपाटी

लोकप्रिय