म्याग्दी / जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १३ गतेदेखि स्थगित भएको थियो ।
जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले दुई महिनापछि समिट एयरलायन्सले आज तीनवटा उडान भरेको जानकारी दिए । ुमौसममा सुधार र पर्यटकीय याम सुरु हुन लागेकाले पोखरा–जोमसोम हवाई सेवा सञ्चालन गरिएको हो,उनले भने, निजी क्षेत्रको यति एयरलायन्सको भगिनी कम्पनी तारा एयरको जहाजले यही भदौ २५ गतेदेखि उडान गर्ने तयारी गरेको छ ।
तीनवटा उडानमार्फत ५४ भारतीय, एक तेस्रो मुलुकका र दुई जना आन्तरिक पर्यटक मुस्ताङ भित्रिएका जोमसोम विमानस्थलले जनाएको छ । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिराका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई उडान सञ्चालन भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ ।
सडक अवरुद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महँगो शुल्क तिरेर हेलिकप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता थियो । हवाई सेवा सञ्चालन भएपछि मुस्ताङमा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।
आर्थिक वर्ष २०७९र८० मा ७१ हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोमले जनाएको छ । केही दिनयता बेनी–जोमसोम सडकमा पनि नियमित यातायात सञ्चालन भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए । रासस
तर दुबै आकांक्षी एकअर्कालाई छाड्न तयार नभएपछि निर्वाचन नै हुने पक्का भएको छ ।
दुबैले उम्मेदवारी दर्ता गरेका छन् । कँडेलको प्रस्तावकमा राजुप्रसाद श्रेष्ठ र समर्थकमा भोजराज पोखरेल छन् । रिजालको प्रस्तावकमा विजयबिराट विष्ट र समर्थकमा बाला सिंह काउछा छन् ।
उम्मेदवारी दर्ताको समय भोलि विहान १० बजेसम्म छ ।