म्यानचेस्टर सिटीमा बेल्जियन विंगर डोकु

म्यानचेस्टर सिटीमा बेल्जियन विंगर डोकु

काठमाडौं । इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले बेल्जियमका विंगर जेरेमी डोकुलाई फ्रेञ्च क्लब रेनेसबाट ५५.४ मिलियन पाउण्डमा भित्र्याएको छ। 

गत सिजनको ट्रेबल विजेता सिटीले २१ वर्षीय डोकुसँग पाँच वर्षको सम्झौता गर्न सहमत भएको छ।  

उनले फ्रेञ्च क्लबमा तीन सिजनमा ७५ लिग खेलमा १० गोल गरेका थिए।

बेल्जियमका लागि १६ खेल खेलेका डोकुले विश्वको उत्कृष्ट टिमसँग आबद्ध हुन पाउँदा खुसी व्यक्त गरेका छन्। 

मिडफिल्डर माटेओ कोभासिक र डिफेन्डर जोस्को ग्वार्डियोलपछि डोकु यो सिजन सिटीमा आबद्ध भएका तेस्रो खेलाडी हुन्।

गत सिजन ३५ खेलमा सात गोल गरेका डोकुलाई अनुबन्ध गर्न वेस्ट ह्याम, टोटनह्याम र चेल्सीले पनि चासो देखाएका थिए।

डोकुले किशोरावस्थामा अन्तर्राष्ट्रिय डेब्यू गरेको केही समयपछि अक्टोबर २०२० मा एन्डरलेचबाट २६ मिलियन युरोमा  रेनेसले पाँच वर्षको सम्झौता गरेको थियो।

खबरपाटी
खबरपाटी

लोकप्रिय