सन्दीप एशिया कप खेल्न आइतबार पाकिस्तान जाने

सन्दीप एशिया कप खेल्न आइतबार पाकिस्तान जाने

काठमाडौँ । बलात्कारको अभियोग खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्नका लागि आइतबार पाकिस्तान जाने भएका छन् ।

 उनीविरुद्धको बलात्कार मुद्दाको पेसी आइतबारका लागि तोकिए पनि त्यो दिन सुनुवाइ हुने सम्भावना कम भएपछि उनलाई आइतबार पाकिस्तान पठाउने तयारी भएको हो। 

सन्दीपका कानुन व्यवसायीले आइतबार मुद्दा सुनुवाइ हुने सम्भावना कम भएकाले सन्दीपलाई आइतबार बेलुका पाकिस्तान पठाउने तयारी गर्न नेपाल क्रिकेट संघ (क्यान) लाई जानकारी गराइसकेका छन्। 

नेपाली क्रिकेट टिमका अन्य खेलाडी भने पाकिस्तान पुगिसकेका छन । नेपाली टोली आज बिहान पाकिस्तानको कराँची पुगेको हो । उनीहरुलाई पाकिस्तानमा माला लगाएर जुस पिलाएर स्वागत गरेको थियो ।

एसिया कप आउँदो १३ गतेबाट सुरु हुनेछ । उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दैछन् । त्यसअघि नेपालले केही दिन पाकिस्तानमा अभ्यास खेल खेल्नेछ । 

खबरपाटी
खबरपाटी

लोकप्रिय