इन्टर मायमी युएस ओपन कपको फाइनलमा

इन्टर मायमी युएस ओपन कपको फाइनलमा

काठमाडौं । अमेरिकी क्लब इन्टर मायमीले अर्को प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ। यसअघि अमेरिकाको लिग्स कप जितेको मायमी युएस ओपन कपको फाइनलमा पुगेको हो। 

बिहीबार भएको खेलमा सिनसिनटीलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै मायमीले फाइनलमा स्थान पक्का गरेको हो।

त्यसअघि निर्धारित र एक्स्ट्रा समयको खेल ३-३ गोलको बराबरीमा सकिएको थियो।

खेलमा मयामीले २-० गोलले पछि परेको स्थिति उल्टाएको थियो। 

सिनसिनटीका लागि लुकास अकोस्टाले १८ र ब्रेन्डन भाज्क्यूले ५३ मिनेटमा गोल गरेका थिए। 

मायमीका लागि ६८ मिनेटमा लिओनान्द्रो काम्पानाले गोल गर्न सफल भए। उनले दोस्रो हाफको इन्जुरी टाइमको सातौं मिनेटमा पनि गोल गर्दा मायमीले खेलमा २-२ को बराबरी गर्‍यो। सो गोलका लागि कप्तान लिओनल मेसीले उत्कृष्ट पास मिलाएका थिए।

त्यसपछि ३० मिनेटको एन्स्ट्रा समयको तेस्रो मिनेटमै मायमीका जेसेफ मार्टिनेजले गोल गर्दा मायमी ३-२ ले अघि बढेको थियो। 

११४ मिनेटमा सिनसिनटीका युया कुबोले बराबरी गोल फर्काउदा खेल ३-३ गोलको अवस्थामा पुग्यो। 

पेनाल्टी सुटआउटमा मायमीका गोल किपर कालेन्डरले सिनसिनटीका हलगुडको प्रहारलाई विफल परेका थिए। 

अब उपाधि लागि मायमीले सेप्टेम्बर २७ मा ह्युस्टन डाइनामो वा रियल साल्ट लेक मध्ये एक टिमसँग खेल्नेछ। 

त्यसअघि मायमीले अमेरिकाको फुटबल लिग मेजर सकर लिगका सात खेल खेल्नेछ। मायमीले आगामी शनिबार न्युयोर्क रेड बुल्ससँग खेल्नेछ। सो खेलमार्फत् मेसीले अमेरिकी लिगमा डेब्यू गर्नेछन्। 

खबरपाटी
खबरपाटी

लोकप्रिय