नेकपा एमालेकी सांसद विमला घिमिरेले वैज्ञानिक वन व्यवस्थापन र सामुदायिक वनबीच द्वन्द्वको अवस्था आएको भन्दै यसको समाधान गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रबार राष्ट्रिय सभा अन्तर्गत्को दीगो विकास तथा सुशासन समिति बैठकमा उहाँले दुई वटा संस्थाबीच विवाद भएको भन्दै वन मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो । उहाँले सामुदायिक वन उपभोक्ता समूहकै कारण वन जंगलको संरक्षण भएको बताउनु भयो ।
घिमिरेले भन्नुभयो, ‘अक्सिजन बढाउने नाममा जंगल बढाइरहेका छौं । जंगलका कारण बाढी पहिरो जाने र रोकथामका लागि बजेट नहुने समस्या छ । वैज्ञानिक वन व्यवस्थापन र सामुदायिक वन व्यवस्थापन भन्ने दुई वटा संस्थाहरु छन् । दुई वटा संस्थाहरु छन् । सामुदायिक वन उपभोक्ता समूहकै कारण बनजंगलको संरक्षण भएको हो । वैज्ञानीक वन व्यवस्थापनप र सामुदायिक वन व्यवस्थापनको द्वन्द्व किन गराइएको छ । एउटाले दिगो वन व्यवस्थापन भन्छ अर्कोले वैज्ञानिक वन व्यवस्थापन भन्छ ।’
बैठकमा नेकपा (माओबादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले जलवायु परिवर्तनले कृषि प्रणाली र मानवलाई क्षती भएको बताउनु भयो । उहाँले वन विनास हुनुमा र व्यापक रुपमा जलवायु परीवर्तन आउनुको कारण डढेलो पनि रहेको बताउनु भयो ।
सुनारले भन्नुभयो, ‘वन व्यवस्थापनका क्रममा डढेलो निभाउन इच्छा जाहेर गरिरहेका छैनौं । डढेलो लाग्दा निभाउन जानेलाई राहत नै छैन । मध्यवर्ती क्षेत्रलाई ध्यान दिएका छैनौं । राष्ट्रिय निकुञ्जलाई मात्रै ध्यान दिएका छौं । अहिले पनि मानव र पशुविचको द्वन्द्व मध्यवर्ती क्षेत्रमा धेरै हुन्छ । जडिबुटी खेतीलाई निर्यात गर्न राज्यले प्रावधान खुकुलो बनाएपनि कार्यान्वयन हुन सकेन । वनबाट काठ झिक्नुपर्र्छ । काठ आयात गर्छौं तर, बनमा काठ कुहिएको छ । विदेशबाट काठ ल्याउनुुहुँदैन ।’
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हिमाल जोगाऔं भन्ने मात्रै नभइ अब पहाड जोगाऔं भन्नुपर्ने बेला आएको बताउनुभएको छ । । गौतमले पहाड नजोगाउने हो भने हिमाल नजोगिने बताउनुभएको हो । उहाँले हिमालसँगै पहाडले पनि क्षती पु¥याएको भन्दै वन जंगलको उचित तरीकाले संरक्षण गर्र्नुपर्ने बताउनु भयो । गौतमले हिमाल, पहाड जोगाउन अमेरीका, युरोप, अष्ट्रेलिया, मरुभूमि भएको ठाउँमा नभई नेपालमा नै सम्मेलन गर्नुपर्ने आवश्यकता आँैल्याउनु भयो ।
गौतमले भन्नुभयो, ‘हिमालको गाउँ भनेर भनेको ठिकै हो । पहाड नजोगाउने हो भने हिमाल जोगिँदैन । पहाडलाई उत्खनन् गर्ने, बाढी, पहिरो हिमालबाट शुरु भएपनि नदीनाला हिमालबाट शुरु भएपनि बाढी पहिरो पहाडबाट शुुरु हुन्छ । हिमाल जोगाऔं मात्रै नभनेर अब पहाड जोगाऔं भन्नुपर्छ की भन्ने मलाई लागेको छ । किन भने हिमालले जति क्षती पु¥याएको छ, पहाडले पनि क्षती पु¥याएको छ । यस्ता वातावरण सम्बन्धी सम्मेलन युएईमा गर्ने रे । जबकी त्यो ९५ प्रतिशत मरुभूमी हो । कीन त्यहाँ सम्मेलन गर्ने रु नेपालमा किन नगर्ने रु हिमाल जागाऔँ भन्ने हो भने हिन्दकुष पर्वतमाला ईरानबाट शुरु भएर बर्मामा गएर अन्त्य हुन्छ । त्यसको मध्यभागमा हामी छौँ । हिमालको मध्यभाग हामीसित छ । हिमाल जोगाऔं भन्ने हो भने अमेरीका, युरोप, अष्ट्रेलिया गएर अथवा मरुभूमि भएको ठाउँमा गएर सम्मेलन किन गर्ने रु किन हाम्रै देशमा सम्मेलन गराएर संसार भरका मान्छेलार्ई प्रत्यक्ष रुपमा देखाउन, हिमाल के हो रु पहाड कसरी जोगिन सक्छ रु पहाड कसरी नोक्शान भइरहेको छ । कार्वन उत्सर्जनको मात्रा घटाउनका निम्ति कति ठूलो भुमिका खेलेका छौँ भनेर भन्ने कार्र्य किन गर्दैनौं । पर्वत जोगिएन भने हिमाल जोगिँदैन । हिमाल जोगिएन भने दक्षिण एशिया, दक्षिण पूर्वी एशिया, चीन आदी देशलाई ठूलो नोक्शानी हुन्छ । सबैभन्दा नोक्शान नेपाललाई हुन्छ । ५३ प्रतिशत जंगल हाम्रो छ ।’
उहाँले हिमाल जोगाउन नसके सबैभन्दा नोक्शानी नेपाललाई हुने र दक्षिण एशिया, दक्षिण पूर्वी एशिया, चीन आदी देशसमेत प्रभावमा पर्ने बताउनु भयो ।