पाकिस्तानी फास्ट बलर वहाब रियाजले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

पाकिस्तानी फास्ट बलर वहाब रियाजले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौँ । पाकिस्तानका फास्ट बलर वाहाब रियाजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

फ्रेन्चाइ क्रिकेटमा ध्यान दिने उदेश्यले रियाजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको क्रिकेट पाकिस्तानले जनाएको छ ।

भारतमा आयोजना हुने एकदिवसीय विश्वकप अघि नै रियाजले सन्यासको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत सन्यास लिएको बताएका थिए ।

३८ वर्षीय रियाजले पाकिस्तानका लागि २७ टेस्ट, ९१ एकदिवसीय तथा ३६ टी(ट्वान्टी खेलेका छन् ।

उनले टेस्टमा ८३ विकेट, एकदिवसीयमा १ सय २० तथा टीट्वान्टीमा ३४ विकेट हात पारेका छन् ।

खबरपाटी
खबरपाटी

लोकप्रिय