मविन शर्मा/काठमाण्डौं । २००४ सालमा इटलीको मिलानमा जन्मेकी ड्रागोनी सानै देखि फुटबलमा रुचि राख्थिन् । उनी ४ वर्षको उमेर देखी फुटबल खेल्ने गर्थिन । उनको फुटबलप्रतिको लगाव र सिक्ने चाहना भएकोले उनले सानै उमेरमा गा्रासरुट क्लबमा प्रोफेसनल फुटबल सिक्न सुरु गरिन् ।
उनले ग्रास रुट क्लबमा केही वर्ष सिकेपछि उनी सिमीयानो जिल्लाको जुनियर एकेडेमी अफ प्रोसेस्टोमा २०१५ मा आबद्ध भइन् । उनले मिक्स सेक्स जुनियर च्यापेन सीपमा २०१९ सम्म खेलिन र राम्रो फुटबल खेल्ने भएकोले उनी लिटिल मेस्सीको नामले प्रसिद्ध हुन थालिन् ।
ड्रागोनी २०१८ मा इन्टर मिलानको युवा क्लबमा अभ्यास गर्न लागिन् । त्यसपछि उनी युवा सेक्टर इन द समर अफ २०२० मा आबद्ध भइन । केही समय पछि उनी १४ वर्षको उमेरमै इन्टर मिलानको १९ वर्ष मुनीको टोलीमा पर्न सफल भइन । त्यसपछि २०२२ २०२३ मा उनी इन्टर को प्रमुख टिममा पनि पर्न सफल भइन । उनले आफ्नो प्रोफेसनल डेब्यू २०२२ नोभेम्बर २० मा गरिन र सिरिया ए को इतिहासकै कान्छी खेलाडी हुन पुगिन ।
३१ जनवरी २०२३ मा ड्रागोनीले स्पेनिस क्लब बार्सिलोनासंग २०२५ सम्मको सम्झौैैैैैैैैैैैैैैैैैैैैैैता साइन गरिन । उनको सहभागितामा बार्सिलोना बि टोलीले आफ्नो दोस्रो उपाधि उठाउन सफल भयो। उनले त्यस प्रतियोगितामा १० खेलमा ४ गोल गरेकी थिइन।
ड्रागोनीले आफ्नो देश इटालीकालागी १६ १७ र १९ उमेर समूह मुनीका खेल खेली सकेकी थिइन। उनलाई मार्च २०२३ मा इटालीको प्रमुख टिममा बोलाइयो। उनी सोही वर्ष २०२३ मा भइरहेको महिला फुटबल विश्वकपमा इटालीको टोलीमा समावेश छिन।
यसै गरी अहिले सम्मकै महिला फुटबल विश्वकप खेल्ने इतिहासकै कान्छी खेलाडी दक्षिण कोरियाकी केसी फेयर १६ वर्ष २६ दिन कि हुन्।
उनी भन्दा पहिले नाइजेरियाकी इफयानी चिजाइन १६ वर्ष ३४ दिन कि थिइन ।