१७ वर्षीय क्रिकेट करियरबाट बिदा हुँदै स्टुआर्ट ब्रोड

१७ वर्षीय क्रिकेट करियरबाट बिदा हुँदै स्टुआर्ट ब्रोड

एजेन्सी । इंग्ल्यान्डका तीव्र गतिका बलर स्टुआर्ट बोर्डले व्यावसायिक क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेका छन्। 

इंग्ल्यान्ड क्रिकेटका सर्वाधिक सफल तीव्र गतिका बलर मध्येका एक बोर्डले जारी अष्ट्रेलिया विरुद्धको पाँचौं एसेज टेस्टको तेस्रो दिन सन्न्यासको घोषणा गरेका हुन्। 

एसेज सिरिजको यस पाँचौं तथा निर्णायक टेस्टसँगै उनी १७ वर्षीय क्रिकेट करियरबाट बिदा हुने बताए ।

उनलाई टेस्ट क्रिकेटमा विश्वकै सफल तीव्र गतिका बलर मध्ये एक मानिन्छ। उनी विश्व टेस्ट क्रिकेट इतिहासमै सर्वाधिक विकेट लिने पाँचौं बलर हुन् भने तीव्र गतिका बलरको सूचीमा भने उनको नाउँ दोस्रो स्थानमा छ। 

३७ वर्षीय बोर्डले हालसम्म १६७ खेलमा ६०० विकेट लिइसकेका छन् । उनी इंग्ल्यान्डको टी २० तथा एकदिवसीय टिमका पूर्वकप्तान हुन्।

खबरपाटी
खबरपाटी

लोकप्रिय