भारतले चन्द्रमामा पठायो चन्द्रयान–३

भारतले चन्द्रमामा पठायो चन्द्रयान–३

काठमाडौँ । भारतको चन्द्रयान–३ को सफलतापूर्वक लन्च भएको छ । भारतको चन्द्र मिसन अन्तर्गत चन्द्रयान–थ्रीलाई आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट शुक्रवार दिउँसो स्थानीय समयानुसार २ः३५ मा लन्च गरिएको छ । 

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सतिश धवन स्पेस सेन्टरबाट चन्द्रयान–३ लाई लन्च गरेको छ । 

चन्द्रयानको लन्च हेर्न स्कुलका करिब २०० विद्यार्थी स्पेस सेन्टरमा पुगेका थिए । यति बेला हजारौँ मानिस स्पेस सेन्टरमा थिए ।

प्रधानमन्त्री रोगीले चन्द्रयान–३ को लन्च अघि ट्विट गरेका थिए, ‘भारतको स्पेस क्षेत्रको क्षेत्रमा १४ जुलाई २०२३ को तारिख सुनौलो अक्षरमा लेखिएको हुन्छ ।’

यो मिसनमा चन्द्रयानको एउटा रोभर निस्कनेछ (एउटा सानो रोबोट) जुन चन्द्रमाको सतहमा उत्रिनेछ र लुनर साउथ पोलमा यसको पोजिसनिङ हुनेछ । 

यहाँ नै रोभरले चन्द्रमाको यो हिस्सामा खनिज, पानी आदि बारे अनुसन्धान गर्नेछ । 

खबरपाटी
खबरपाटी