काठमाडौँ । जिम्बाब्वेमा जारी विश्वकप छनोट क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।
जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा नेपालले वेस्ट इन्डिजविरुद्ध उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिइसकेको छ । वेस्ट इन्डिजले ४.१ ओभरमा ९ रन बनाउँदा महत्वपूर्ण दुई विकेट गुमाएको छ । गुल्सन झाले जोनसन चाल्र्सलाई शून्यमै आउट गराए । यसअघि करण केसीले कायल मेयर्सलाई एक रनमा आउट गराए ।
यसअघि आफ्नो पहिलो खेलमा नेपाल घरेलु टिम जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोटको सुपर सिक्समा पुग्ने सम्भावनालाई कायमै राखेको हो ।
समूह ‘ए’ को शीर्ष स्थानमा जिम्बाब्वे रहेको छ । जिम्बाब्वेले दुई खेलबाट चार अंक बनाएको छ । एक खेलबाट दोस्रो स्थानमा रहेको वेष्ट इन्डिजको दुई अंक छ । नेपाल भने तेस्रो स्थानमा छ । नेपालले दुई खेलमध्ये एक खेलमा हार र एक खेलमा जित निकालेको छ । समूहको शीर्ष तीनमा पर्ने टोली विश्वकप छनोटको सुपर सिक्समा पुग्नेछ ।
वेष्ट इन्डिजलाई पराजित गरे नेपालले ऐतिहासिक सफलता पाउनेछ । टेस्ट राष्ट्रलाई पराजित गर्नु त्यति सहज भने छैन । नेपाल भन्दा वेष्ट इन्डिज निकै बलियो टिम हो ।
प्लेइङ ११
कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी ।