वेस्टइण्डिजको सामना गर्दै नेपाल

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज बिहीवार वेस्टइन्डिजको सामना गर्दैछ ।

वेस्टइण्डिजको सामना गर्दै नेपाल

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज बिहीवार वेस्टइन्डिजको सामना गर्दैछ ।  

वेस्ट इन्डिज र नेपालबीचको खेल जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस क्लवमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा शुरु हुनेछ । 

तेस्रो खेल खेल्दै गरेको नेपाल वेस्टइन्डिजलाई हराएर प्रतियोगितामा दोस्रो जित हात पार्न चाहन्छ । पहिलो खेलमा घरेलु टोली जिम्बाबेसँग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो । दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियनसँग नेपालको यो नै पहिलो भेट हो । 

नेपालले कुनैपनि विश्व बिजेतासँग पहिलो पटक खेल्ने अवसर पाएको हो । नेपालले यस अवसरलाई सदुपयोग गर्दै ऐतिहासिक जित निकाल्ने सोचमा नेपाल रहेको छ । 
 

खबरपाटी
खबरपाटी

लोकप्रिय