आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा मङ्गलबार भएको बारूद कारखानामा विस्फोटबाट भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएका छन् ।
कोटोभस्क शहरमा रहेको बारूद कारखानाको भवनमा विस्फोट भएको हो । विस्फोटबाट लागेको आगो केही समयपछि निभाइएको तास समाचार एजेन्सीले जनाएको छ।
मानवीय त्रुटिका कारण उक्त घटना भएको थियो। म कुनै शङ्का नगरी भन्न सक्छ( यो आतङ्कवादी हमला थिएन। यद्पयि त्यहाँ कुनै हताहती भने भएन, ताम्बोभ क्षेत्रका प्रमुख म्याक्सिम येगोरोभले भनेका छन् ।
उनले दुर्घटनाबाट प्लान्टका कामदार वा छिमेकी बस्तीका बासिन्दाहरूलाई कुनै पनि कुराले खतरा नरहेको बताएका छन् । दुर्घटना बारे छानबिन भइरहेको छ ।