तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भयो : अर्थमन्त्री

तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भयो : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भएको बताएका छन् ।

संसदमा आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट पेस गर्दै उनले बजेटको ८० प्रतिशतभन्दा धेरै रकम सरकारी कर्मचारीको तलब भत्ता, सामाजिक सुरक्षा भत्ता र चालु प्रकृतिमा खर्च हुने हुँदा पुँजीगत बजेट घट्दै गएको देखिएको बताए । 

संरचनागत र नीतिगत अप्ठ्याराका कारण आर्थिक गतिविधि कमजोर हुँदा वृद्धिदर कम हुने देखिएको अर्थमन्त्रीको भनाइ छ । कोभिड र युद्धका कारण मूल्यवृद्धि भएको र चर्को ब्याजदरका कारण लगानीमा कमी आएको उनले बताए । 

आयातमा प्रतिबन्ध लगाउँदा राजस्व कम उठेको र अमेरिकी डलरसँग नेपाली मुद्रा कमजोर हुँदा भुक्तानी प्रणालीमा असर पुगेको पनि उनको भनाइ छ ।

खबरपाटी
खबरपाटी