चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो

नेपाल चिकित्सक सङ्घ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ ।

चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो

काठमाडौं । नेपाल चिकित्सक सङ्घ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । 

सङ्घका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको तुलनामा १४ प्रतिशत बढाइएको जानकारी दिनुभयो । 

 सङ्घले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क ९ओपिडी० शुल्क बढाइएको हो । सरोकारवाला निकायको परामर्शका आधारमा शुल्क तोक्न सक्ने अख्तियारीलाई मुख्य आधार बनाइ नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका  आधारमा शुल्क बढाइएको उहाँले बताउनुभयो । 

महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क  रू चार सय २० देखि रू नौ सय ४० सम्म तोकिएको बताउनुभयो । नयाँ शुल्कअनुसार पाँच वर्षसम्म अनुभव भएका एमबीबीए तथा बीडीएस तहका चिकित्सकको शुल्क रू चार सय २०  र पाँच वर्षभन्दामाथि अनुभव भएकाको रू पाँच सय १५ तोकिएको छ । 

यस्तै अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको रू पाँच सय ९० र त्योभन्दा बढी छ भने रू छ सय ७० तथा पाँच वर्षसम्मको अनुभव भएका  एमडी, एमएस, एमडीएस तहका चिकित्सकले रू सात सय ५० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले रू आठ सय परामर्श शुल्क लिन पाउने गरी तोकिएको छ । 

यस्तै पाँच वर्षसम्मको अनुभव भएका डीएमरएमसीएच तहका चिकित्सकको रू आठ सय ८० तथा पाँच वर्षभन्दा माथि अनुभव भएका एमडीरएमसीएच  तहका चिकित्सकको रू नौ ४० र १० वर्षभन्दा माथि अनुभव भएका एमडीरएमएसरएमडीएसका चिकित्सकको रू नौ सय ४० शुल्क निर्धारण गरिएको छ । 
रासस

खबरपाटी
खबरपाटी