उपनिर्वाचनमा हराउन अडियो सार्वजनिक गरियाे – ढाकाकुमार श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताए

उपनिर्वाचनमा हराउन अडियो सार्वजनिक गरियाे – ढाकाकुमार श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका छन् ।

रास्वपा केन्द्रीय समितिको बैठक बसिरहेका बेला रास्वपा मुख्यालयमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले गत जनवरी–फेब्रुअरीको अडियो अहिले सार्वजनिक गर्नु सुनियोजित भएको दाबीसमेत गरे ।

‘जनवरीमा कुराकानी भएको अडिओ अहिले ल्याएर हाल्नु सुनियोजित हो, यो हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गर्न खोजेको हो। तीन वटै निर्वाचन क्षेत्रमा हराउन खोजेको हो,’ उनले भने,‘यो एउटा सुनियोजित योजना हो।’

उनले आफ्नो कारणले पार्टी, उपचुनाव र म आफ्नै मान प्रतिष्ठामा घात परेको भन्दै क्षमायाचना गरेका छन् ।

खबरपाटी
खबरपाटी