आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेकपा एमालेका नेता कोशी प्रदेशका सामाजिक विकाश मन्त्री बुद्धि कुमार राजभण्डारीको घरमा तोडफोड भएको छ । काठमाडौं पेप्सीकोलामा बुधबार अन्दाजी ५ः ३० बजेको समयमा छापामार शैलीमा केही व्यक्तिहरु प्रवेश गरेर तोडफोड गरेका हुन् ।
कोशी प्रदेश नामाकरणको विषयलाई लिएर व्यक्तिको निजि सम्पती माथि गरिएको भौतिक आक्रमण अत्यन्त निन्दनीय र खेदजनक भएको भन्दै नेकपा एमालेले विज्ञप्ती जारी गर्दै आपति जनाएको छ । कोशी प्रदेश नामाकरणको विषय राजनीतिक विषय भएकाले राजनीतिक रुपमै समाधान गर्नुपर्ने एमालले बताएको छ ।
परिवार र समाजलाई डर, धाकधम्की देखाउदै आपराधिक आक्रमणले बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचान झल्किने सामाजिक सदभावलाई विभेद गरेकाले तोडफोडमा संलग्नहरुलाई प्रचलित कानुन बमोजिम कारवाही गर्न नेकपा एमालेले माग गरेको छ ।
