विशेष अदालतमा आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार टिप्पणी पेस तथा सफ्टवेयर खरिद कार्यको स्वीकृत गरी एक लाख ९९ हजार आठ सय ९७ भुक्तानी गरेको तर सफ्टवेयर खरिद नै नगरी सरकारी सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरेको पाइएकाले आरोपपत्र दायर गरिएको हो । रासस

खबरपाटी
खबरपाटी