काठमाडौं । “नेशनल रोड सेफटी काउन्सिल नेपाल” को आयोजनाम लेखनाथ उद्योग बाज्यि संघ पोखरामा सडक सुरक्षा सम्बन्धि प्रदेशस्तरिय कार्यक्रम सम्पन्न भएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तरर्गतको “नेशनल रोड सेफटी काउन्सिल नेपाल” को आयोजना, नासा नेपालको संयोजन तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सहकार्यमा सो कार्यक्रम गत चैत्र १८ गते सम्पन्न भएको हो ।
गण्डकी प्रदेशका पेशागत, व्यवसायिक तथा सामाजिक क्षेत्रका ८० बढीले सो कार्यक्रममा सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा प्रदेशकै पूर्वाधार निति, कार्यक्रम तथा सुरक्षित यातायातको लागी विभिन्न कार्यपत्रहरुमा छलफल भएको थियो ।
सडक सुरक्षा सम्बन्धि प्रदेशसस्तरिय सो कार्यक्रम कार्यक्रमको पहिलो सत्रमा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेशनका सदस्य गोबिन्द भट्टराईले वर्तमान यातायात क्षेत्रका मुख्य एजेन्डामाथि आफ्नो प्रस्तुति दिएका थिए । यस्तै नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर, सुरेश श्रेष्ठले सडक सुरक्षा दशक २०२१—३० को बारेमा र नेपाल उद्योग वाणिज्य महासंघका बोर्ड सदस्यले बाबुराम गिरिले सडक सुरक्षामा पेशागत र व्यवसायिक क्षेत्रको भूमिकाको बारेमा आफ्नो प्रस्तुति दिएका थिए ।
दोश्रो सत्रमा यातायात व्यवस्था विभागका निर्देशक राम चन्द्र पौडेलले सडक सुरक्षा दशक २०२१—३०का महत्वपूर्ण पिल्लरहरुका वारेमा आफ्नो प्रस्तुती दिएका थिए भने अटोमोबाइल इन्जिनियर सुयोग खनालले मोटरसाइकलिङ्ग सेफ्टी र सुरक्षीत हेल्मेटको विषयमा र प्रस्तुतिकरण दिएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुलसीराम भट्टराईले सडक सुरक्षाको लागी मन्त्रालयको धारणा राखे । आर्थिक आवाजका सुरेन्द्र पौडेलले सडक सुरक्षाको निम्ति शैक्षिक संस्थाको पनि महत्वपूर्ण भूमिका रहने बताका छन् । साथै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्र धर आत्रेयाले सडक सुरक्षाको निम्ति सबैको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।
कार्यक्रममा ई ब्रिजेन्द्र के. सी र सुमन भट्टराई लगायतका वक्ताले आफ्नो धारणा राखेका थिए । सो कार्यक्रमको अन्त्यमा दिगो सडक र सुरक्षित यातायातको लागी बाबुराम गिरीको संयोजकतोमा गण्डकी प्रदेश एलाएन्स को १० सदस्यीय कार्यसमुह गठन गरेको थियो । सो समुहमा ई ब्रिजेन्द्र के. सी., सुमन भट्टराई, डा. मान बहादुर गुरुङ्ग , सुरेन्द्र त्रिपाठी, कबिराज खनाल, सुरेन्द्र पौडेल, ई प्रबेश पौडेल, मोहन आचार्य र राधा तामाङ्ग पनि रहेका छन् ।
प्रदेशका पेशागत व्यवसायिक तथा कल्याणकारी संघ संस्थाहरु र विज्ञहरुको सो वृहत सम्मेलनले गरेका निर्णयहरु हेर्नुहोस :
नासा नेपालका कोषाध्यक्ष धान्यमणि नेपालले लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्र धर आत्रेयालाई सुरक्षीत हेल्मेट प्रदान गरेको अध्यक्ष दशरथ रिमालले जानकारी दिए ।