आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । मिटरब्याजी पीडितहरुले आज बिहानैदेखि आन्दोलन शुरु गरेका छन् । उनीहरले बालुवाटार क्षेत्रमा बिरोध प्रदर्शन थालेका हुन् । तराईका विभिन्न जिल्लाहरुबाट मिटरब्याजीहरुलाई कारबाही गर्न सरकारसँग माग गर्दै हिँडेर काठमाडौं आएका उनीहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिएका हुन् । उनीहरुले सोमवार पनि काठमाडौंको खुलामञ्चमा बिरोध प्रदर्शन गरेका थिए । पीडितहरुलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल प्रदर्शन स्थलमा नै पुग्नुभएको थियो । सो क्रममा सभापति लामिछानेले सरकारसँग आफूले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि तत्काल पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।