चैते दशैँमा गण्डकीमा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले चैते दशैँ पर्वका अवसरमा यही चैत १५ गते बुधवार  सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

चैते दशैँमा गण्डकीमा सार्वजनिक बिदा

काठमाडौं । गण्डकी प्रदेश सरकारले चैते दशैँ पर्वका अवसरमा यही चैत १५ गते बुधवार  सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । 

    सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिनुभयो । हेरक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ । चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । रासस

खबरपाटी
खबरपाटी