राष्ट्रिय युवा संघ प्यूठानको अध्यक्षमा विशेक थापा सर्वसम्मत निर्वाचित

अध्यक्षमा विशेक थापाको यो दोस्रो कार्यकाल हो

राष्ट्रिय युवा संघ प्यूठानको अध्यक्षमा विशेक थापा सर्वसम्मत निर्वाचित

प्यूठान । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ प्यूठानको अध्यक्षमा विशेक थापा सर्वसम्मत निर्वाचित भएका छन् । १० औं जिल्ला अधिवेशनले थापाको नेतृत्वमा निर्विरोध ६३ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो । संघको उपाध्यक्षमा महेश पाण्डे, सचिव किरण पन्थी, उप–सचिवमा तिलक खड्का र भेषमान थापा, कोषाध्यक्षमा कमल जिसी चयन भएका छन् ।

युवा संघका केन्द्रिय अध्यक्ष किरण पौडेलले अधिबेशनको उद्दघाटन गरेका थिए । राष्ट्र निर्माणमा युवाको योगदान अतुलनीय हुने पौडेलले बताए । समाजमा हुने हरेक किसिमका बेथिति विरुद्ध लाग्न यूवाहरुलाई आग्ह समेत गरेका छन् । अधिवेशनमा लुम्बिनी प्रदेशका मन्त्री तुल्सीराम शर्मा, एमाले प्यूठानका अध्यक्ष विजय विराज विष्ट लगाएतले शुभकामना मन्तव्य राखेका थिए । यूवा संघका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । अधिवेशनमा जिल्लाका ६४ वटै वडाबाट प्रतिनिधिहरू सहभागी भएका थिए ।

अध्यक्षमा विशेक थापाको यो दोस्रो कार्यकाल हो । प्रथम कार्यकालको सफलतापछि प्युठानी युवाहरुको विश्वास र साथ सहयोगका कारण फेरी पनि अध्यक्ष पदमा दोहोरिएको उनले बताए । 

खबरपाटी
खबरपाटी