वसन्त कुँवरलाई प्रहरीको ३० औँ आईजीपी बनाउने सरकारको निर्णय

वसन्त बहादुर कुँवर प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा

वसन्त कुँवरलाई प्रहरीको ३० औँ आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा भएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले एआईजीको पहिलो नम्बरमा रहेका कुँवरलाई आईजीपी बनाउने निर्णय गरेको हो।

एआईजीमा बढुवा भएको एक सातामै कुँवर आईजीपी बनेका छन्। धिरजप्रताप सिंह आजैदेखि बिदा हुने भएपछि कुँवर नेपाल प्रहरीको ३० औँ आईजीपी बनेका हुन्।

आईजीपीका लागि कुँवरसँगै एआईजीभएका टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य दाबेदार थिए।

खबरपाटी
खबरपाटी