प्रहरी महानिरीक्षक छान्न मन्त्रीपरिषद्को बैठक बस्दै

आज मन्त्रीपरिषद्को बैठक बस्दैछ । आज अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक बस्नेछ भएको हो ।

प्रहरी महानिरीक्षक छान्न मन्त्रीपरिषद्को बैठक बस्दै

 काठमाडौं । आज मन्त्रीपरिषद्को बैठक बस्दैछ । आज अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक बस्नेछ भएको हो । आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह नियमित अवकाशमा जाने भएकाले प्रहरीको नयाँ आईजिपी चयन गर्नका लागि बैठक बोलाइएको हो । ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरु आईजीपीको दाबेदार छन् । चैत ६ मा अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार हुन् । तर, उनीहरूमध्ये पछिल्लो समय दुई जनाको बीचमा तीव्र प्रतिष्पर्धा देखिएको छ ।
आईजीपी हुने प्रतिस्पर्धामा वसन्त कुँवर र श्यामलाल ज्ञवाली अगाडि छन् । वसन्त कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् । मेरिटमा अगाडि भएको हुनाले उनलाई मुख्य दाबेदारको रूपमा हेरिएको छ । कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका थिए ।

खबरपाटी
खबरपाटी