आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
वाग्मती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३ मन्त्रीले राजीनामा दिएका छन्। पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलाई राजीनामा बुझाएका हुन् ।
राप्रपा संसदीय दलका नेतासमेत रहेका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापा, पर्यटन उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्टले राजीनामा बुझाएका हुन् ।
केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले नेतृत्वको गठबन्धन छाडेर कांग्रेस नेतृत्वको पुरानो गठबन्धन ब्युँताएपछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो। वाग्मती प्रदेशमा राप्रपाको १३ सांसद छन् ।