देउवा र प्रचण्डलाई दायाँबायाँ उभ्याएर पौडेलले गरे राष्ट्रपतिमा उम्मेदवारी दर्ता

पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, रञ्जिता श्रेष्ठ र अब्दुल खा रहेका छन्

देउवा र प्रचण्डलाई दायाँबायाँ उभ्याएर पौडेलले गरे राष्ट्रपतिमा उम्मेदवारी दर्ता

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा मनोनयन दर्ता गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दायाबाया उभ्याएर पौडेलले राष्ट्रपतिमा मनोनयन दर्ता गरेका हुन्।

पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, रञ्जिता श्रेष्ठ र अब्दुल खा रहेका छन्। समर्थकमा महन्थ ठाकुर, चित्रबहादुर केसी, पूर्णबहादुर खड्का, अशोक राई र हितराज पाण्डे रहेका छन्।

पौडेल कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायत ८ दलको समर्थनमा उम्मेदवार बनेका हुन्। त्यसैगरी पौडेललाई लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाको पनि साथ रहेको छ।

खबरपाटी
खबरपाटी