माओवादीले पनि नेम्वाङलाई नै मत हाल्छ : ओली

अहिले प्रचण्डले दवाव पर्यो भन्ने गरेपनि सम्झौतामै आउने अध्यक्ष ओलीले बताए

माओवादीले पनि नेम्वाङलाई नै मत हाल्छ : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रले एमालेकै उम्मेदवारलाई मतदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पुस १० को सहमति अनुसार माओवादीले एमालेकै उम्मेदवारलाई भोट हाल्ने दावी गरेका हुन् ।

अहिले प्रचण्डले दवाव पर्यो भन्ने गरेपनि सम्झौतामै आउने अध्यक्ष ओलीले बताए ।

शुक्रबार वालुवाटारमा आठ दलको नेताहरु भेला भएको तर कुनै सहमति नभएकोले ओलीको जिकिर थियो ।

‘कहाँ आठ दलको भोट गनियो, समर्थन थियो ? आठ दललाई बोलाको थियो, संचारकर्मीहरुलाई प्रतिकृया दिँदै ओलीले भने, ‘काँ चिया खान बोलाएको जति सबै भोट हुन्छ ?

खबरपाटी
खबरपाटी