सुवास नेम्वाङ : मेरो नाममा राष्ट्रिय सहमति हुने विश्वास छ

नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टी उपाध्यक्ष सुवास नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताएका छन्

सुवास नेम्वाङ : मेरो नाममा राष्ट्रिय सहमति हुने विश्वास छ

नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार एवं पार्टी उपाध्यक्ष सुवास नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको बताएका छन् ।   

शनिवार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कार्यालयमा राष्ट्रपतिको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू सबै हिसाबले संविधानको परिपालना गर्न लाग्ने दाबी गरे ।

स्वस्थ प्रतिस्पर्धालाई सम्मान र जगेर्ना गर्दै देशमा स्वस्थ आधार र वातावरण तयार गर्न आफ्नो भूमिका हुने उनले बताए ।

उनले व्यवहारमा जनताको राष्ट्रपति अनुभूत हुने ढंगले काम गर्ने प्रतिबद्धता पनि जनाए। 

उनले भने, ‘सबै हिसाबले संविधानको परिपालना गर्न लाग्नेछु । आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वास भएर नै उठिरहेको हो । स्वस्थ प्रतिस्पर्धालाई सम्मान र जगेर्ना गर्दै देशमा स्वस्थ आधार र वातावरण तयार गर्न लाग्नेछु । अब जनताको राष्ट्रपतिको व्यवस्था गरेका छौँ । व्यवहारमा जनताको राष्ट्रपति अनुभूत हुने ढंगले काम गर्ने मेरो प्रयास हुनेछ । हिजो संविधान सभामा रहँदा ३१ वटा राजनीतिक दलहरूको सर्वसम्मत अध्यक्ष भएर संविधान जारी गर्न भूमिका निर्वाह गरेँ । संविधानको संरक्षक हुने अवसर पाएको छु ।’

संविधान सभा अध्यक्ष एवं पूर्वसभामुखसमेत रहेका उनले संविधानको संरक्षक हुने अवसर पाएको भन्दै संविधानको रक्षा गर्न लागिपर्ने बताए। 

खबरपाटी
खबरपाटी