बागलुङमा गाई काटेको आरोपमा ४ जना पक्राउ

बागलुङमा गाई मारेको अभियोगमा ४ जना पक्राउ परेका छन् ।

बागलुङमा गाई काटेको आरोपमा ४ जना पक्राउ

काठमाडौं ।  बागलुङमा गाई मारेको अभियोगमा ४ जना पक्राउ परेका छन् । जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा गाई काट्दै गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले जैमिनी नगरपालिका–५ का २७ वर्षीय डिलबहादुर परियार, ३५ वर्षीय हरिबहादुर सार्की, २४ वर्षीय बिसन दर्जी र ३८ वर्षीय टङ्कबहादुर सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारीले जानकारी दिए ।

उनीहरूलाई पशुपन्छीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको खड्काको भनाइ छ ।

खबरपाटी
खबरपाटी